आमरण अनशन बसेका निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा बसेका डा. निकोलस भुसाललाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।

काठमाडौंको माइतीघर मण्डलामा विगत नौ दिनदेखि आमरण अनशनरत भुसालको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि मंगलबार उनलाई अस्पताल लगिएको हो।

केही दिनयता भुसाललाई जीउ सुन्निने, रिंगटा लाग्नेलगायत समस्या देखिएको थियो। चिकित्सकको सल्लाहअनुसार उपचारका लागि वीर अस्पताल लगिएको बताइएको छ।

डा. भुसालले जेन–जी आन्दोलनका क्रममा भएका हत्याका घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्नुपर्ने, तथा भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राख्दै आमरण अनशन सुरु गरेका थिए।

यसका साथै उनले संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, प्रदेश सभा र राष्ट्रिय सभा खारेज गर्नुपर्ने, तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।