काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार चाँदी तोलामा १२० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी ४ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३२.०२ अमेरिकी डलर र चाँदी ७१.५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comment