प्रधानमन्त्री बन्छु भन्दै हल्ला गरेर हसाउँछन् : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्ने प्रवृत्ति हाँस्यास्पद भएको टिप्पणी गरेका छन्।

मदन–आश्रित प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहतर्फ संकेत गर्दै प्रधानमन्त्री पद बाँडिएको हल्लाप्रति व्यंग्य गरे। “केही दिनअघि प्रधानमन्त्री बाँडिएको हल्ला सुनेँ। प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको थिएँ, तर निर्णय र गतिविधि हेर्दा त्यस्तो देखिएन,” उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच भएको भनिएको सम्झौताप्रति लक्षित गर्दै ओलीले भने, “पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कैलाई जिम्मा लगाएर आफू प्रधानमन्त्री बन्ने कुरा त हाँस्यास्पद छ। यो त अस्ती सिंहदरबारमा आगो लगाउने बेला जसले भेट्यो उसैलाई प्रधानमन्त्री बाँडेजस्तै हो।”

उनले त्यसबेला पनि प्रधानमन्त्री पद बाँडिएको हल्ला चलेको स्मरण गर्दै अहिले पनि त्यस्तै अव्यवस्थित र गैरजिम्मेवार प्रवृत्ति दोहोरिएको आरोप लगाए। “कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ,” ओलीले भने, “एमाले–कांग्रेसबाहेक अरूले सरकार बनाउन सम्भव छ र ?”

अध्यक्ष ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद् तत्काल पुनःस्थापना हुनुपर्ने माग पनि गरे। सरकार बनाउने, हटाउने वा विश्वास दिने अधिकार संसद्को भएको उल्लेख गर्दै उनले संसद् विघटन गरेर संविधानलाई नै संकटमा पारिएको आरोप लगाए।

उनका अनुसार लोकतान्त्रिक व्यवस्था जोगाउन संविधानअनुसार संसद्को भूमिकालाई पुनःस्थापित गर्न आवश्यक छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।