काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी तथा मोडेल एलिजा गौतमलाई आम जनता पार्टी (आजपा) ले समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । उनी खस आर्य महिला क्लस्टरअन्तर्गत पहिलो नम्बरमा परेकी छन् ।
गौतम यसअघि जनादेश पार्टीमा आबद्ध थिइन् । उपाध्यक्ष बनाउने सहमति भए पनि कार्यान्वयन नभएपछि उनले एक महिनामै उक्त पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेकी हुन् । हाल उनी आजपाको उपाध्यक्ष पदमा रहेकी छन् ।
रोचक संयोग के छ भने, आजपाले यसअघि गौतमले छोडेको जनादेश पार्टीसँग चुनावी सहकार्य गरिसकेको छ । आजपाको उम्मेदवार सिफारिससँगै गौतमको राजनीतिक सक्रियता थप चर्चामा आएको छ ।

Comment