कमल थापा भन्छन् : संघीयता आवश्‍यक छैन, प्रदेश खारेज गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्‍ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्‍यक छैन भन्‍ने प्रमाणित भएको दाबी गरेका छन्। 

सामाजिक सञ्जालबाट नेता थापाले साे कुराको दाबी गरेका हुन् ।

थापाले प्रदेश ५ सभामा हिजो भएको तोडफोडको घटनाप्रति प्रतिक्रिया जनाउँदै केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गर्नुपर्ने बताएका हुन् ।

‘५ नं प्रदेश सभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ’, मगलवार ट्वीट गर्दै थापाले भनेका छन्, ‘यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्‍यक छैन भन्ने प्रमाणित भएको छ । केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।