न्युजिल्याण्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्याण्डपठाइदिने भन्दै १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका- ११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्याण्ड लैजाने भन्दै ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।

कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।