खोटाङमा अन्नबाली उपचार शिविर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा  निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ।

विभिन्न अन्नबालीमा लाग्ने रोग तथा कीरा नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले शिविर सञ्चालन गरेको हो ।

शिविरमा  तरकारी, फलफूल, खाद्यान्न, तेलहन/दलहन तथा नगदे बालीको नमूना परीक्षण गर्नुका साथै उपचार विधिका बारेमा किसानलाई जानकारी दिइएको छ।

बाली उपचार शिविरमा विभिन्न गाउँका ६२ किसानले ल्याएका धान, कोदो, सुन्तला, कागती, अमिलो, केरा, लिची, अलैँची, गोलबेँडा, सिमी, भान्टा, काउली, खुर्सानी लगायतका ६९ वटा नमूनाको परीक्षण गर्नुका साथै रोग तथा किराको उपचार विधिका बारेमा किसानलाई मौखिक तथा लिखितरुपमा परामर्श दिइएको वडाध्यक्ष दिनेश राईले बताए।

रोग तथा कीरा लागेका अन्नबाली तथा बोटबिरुवाको नमूनालाई  कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामानन्द यादव र केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले आवश्यक परामर्श दिए। शिविरमा सहभागी किसानलाई एजाडिराक्टिङ नामक किटनाशक विषादीसमेत प्रदान गरिएको आयोजकले जनाएको छ। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।