काठमाडौं । नेपालकै नम्बर वान युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ १८औँ वर्षमा प्रवेश गरेको छ।
१७ वर्षअघि ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नारासहित सुरु भएको फेसियल हाउस वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको नेतृत्वमा देशकै अग्रणी ब्रान्ड बनेको छ।
काठमाडौं मल (सुन्धारा) मा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसका चाबाहिल र लगनखेलमा शाखा छन् भने चितवन, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र इटहरीलगायत सहरहरूमा सेवा विस्तार गरिएको छ। संस्थाले रोजगारी सृजना, प्राविधिक शिक्षा, महिला सशक्तिकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्दै आएको छ।
१८औँ वर्ष प्रवेशको अवसरमा त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित वार्षिकोत्सव समारोहमा ३१ जना कर्मचारी, एक उत्कृष्ट शाखा र तीन विद्यार्थीलाई अवार्ड प्रदान गरिएको छ। १० वर्षभन्दा बढी सेवा पुर्याएकी मञ्जु घिमिरेलाई ५० हजार नगदसहित विशेष सम्मान प्रदान गरिएको छ।

Comment