अभिनेता पल शाह र अनिता गिरीको ‘मर्छु हजुर’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित ‘मर्छु हजुर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियो सुनिल दवाडीको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। सार्वजनिक भएको छोटो समयमै गीतको भिडियो दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा पल शाह र अनिता गिरीको रोमान्टिक जोडीलाई देख्न सकिन्छ। एक–अर्काप्रतिको प्रेममा गहिरिएका युवायुवतीको कथालाई भिडियोमार्फत प्रस्तुत गरिएको छ। चर्चित कोरियोग्राफर तथा निर्देशक विक्रम चौहानले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

गीतमा गायक धुब्र बिक र गायिका मनिषा सुनारको स्वर रहेको छ भने शब्द तथा संगीत ज्ञानेन्द्र गिरीको रहेको छ। गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।

यसअघि अनिता गिरीले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो ‘बैगुनीले गएको थियो छोडेर’ हो। म्युजिक भिडियोमा मात्र सीमित नरहेकी गिरीले आधा दर्जनभन्दा बढी नेपाली फिल्ममा समेत अभिनय गरिसकेकी छन्।

उनको अभिनय रहेको फिल्म ‘नम्बरी सुन’, ‘दान्भी’, ‘रावायण’, ‘आउट ल’ लगायत प्रदर्शन भइसकेका छन् भने केही फिल्म प्रदर्शनको तयारीमा रहेका छन्। पछिल्लो समय अनिता गिरी व्यस्त मोडल तथा अभिनेत्रीको रूपमा परिचित छिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।