काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जसअनुसार काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुनेछ । काठमाडौं उपत्यकामा यो कार्यक्रम संस्कार फाइन डाइन एण्ड इभेन्ट्स, ललितपुरमा हुने छ भने चितवनमा चितवनको मिलनचोकस्थित शोरुममै आयोजना हुनेछ ।
तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मुल्य ४६.९९ लाखबाट सुरु हुनेछ ।
प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो इभी को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ।
यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।

Comment