नेपाल बीमा प्राधिकरणका कर्मचारी हड्तालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना माग सम्बोधन नभएको भन्दै काम छाडेर हड्ताल सुरु गरेका छन्।

युनियनका अध्यक्ष प्रेमहरी पोखरेलका अनुसार पटक–पटक लिखित तथा मौखिक रूपमा माग राख्दा पनि बेवास्ता गरिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो। मंगलबार युनियन अध्यक्ष पोखरेल र कर्मचारी संघ अध्यक्ष दीपक ज्ञवालीले प्राधिकरण अध्यक्षलाई पत्र बुझाउँदै आन्दोलनको घोषणा गरेका छन्।

कर्मचारीहरूले चार दिनसम्म कालोपट्टी बाँधेर काम गर्ने र सो अवधिमा पनि माग पूरा नभए कार्यालय परिसरमै कालो ब्यानर टाँस्दै थप आन्दोलनको कार्यक्रम तय गर्ने बताएका छन्।

कर्मचारीहरूको मुख्य मागमा सेवा सुविधा तथा नयाँ दरबन्दी सहितको प्रतिवेदन लागू गर्नुपर्ने, उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धाबाट मात्रै पदपूर्ति गर्नुपर्ने, कर्मचारी विनियमावली संशोधन, क्षमता विकास र कार्यवातावरण सुधार, निर्देशक पदमा अधिकतम सेवा अवधि तोक्नुपर्ने तथा प्राधिकरणको उत्तराधिकारी योजना र संस्थागत सुधारका विषय समावेश छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।