कृषिमा ‘हाइटेक’ भित्र्याउँदै, मनग्य आम्दानी लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खाेटाङ। गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८, दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन्।

सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध उनीहरूले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १९ लाख तथा कृषि समूहको आठ लाख ३३ हजारको लागतमा जीआई पाइप र यूबी प्लाष्टिक प्रयोग गरेर प्रोटेक्ट हर्टिकल्चर प्रविधि विस्तार गरेका हुन्।

विस्तार गरिएको हाइटेक ५० मिटर लम्बाइ र १० मिटर चौडाइको छ। 

समूहका अध्यक्ष गजेन्द्र राईले हाइटेकभित्र उच्च गुणस्तरको गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाजर लगायतका फलफूल तथा तरकारी खेती गर्नेगरी प्रोटेक्ट हर्टिकल्चर प्रविधि भित्र्याइएकोे बताए।

२०७० देखि व्यावसायिक कृषि फर्म सञ्चालन गर्दै आएका १५ जना युवा किसानले घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको करीब २०० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती सुरु गरेका हुन्।

निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गर्दै कृषिलाई पनि आकर्षक पेशाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ १५ जना स्थानीय युवाले एकैसाथ ठूलो क्षेत्रफलमा खेती लगाएका हुन्।

सामूहिकरूपमा शुरु गरिएको तरकारी तथा फलफूल खेतीले हाल प्रतिफलसमेत दिन थालेको समूहका अध्यक्ष राईले बताए। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।