रोयल एनफिल्डको हन्टर ३५० नयाँ रङ र फिचरसहित नेपाली बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मीड-साइज मोटरसाइकल समूह ९२५०–७५० सीसी० मा विश्वकै अग्रणी ब्रान्ड रोयल इफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ।

विश्वका प्रख्यात सहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस बीएस ६ नयाँ हन्टर ३५०, २०२५ एडीसन कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो।

नयाँ हन्टर ३५० मा सेतो, कालो, रातो र खैरो गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध छन्। कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् जसले ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने दाबी गरिएको छ।

यस संस्करणमा स्लिप असिस्ट क्लच जडान गरिएको छ, जुन कम्पनीको ३५०–सिसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो। साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एम एम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सीट, डुअल च्यानल एबीएस, एलईडी हेडलैम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको छ।

हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे(सिरिज इन्जिनले शहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने दाबी गरिएको छ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ।

रोयल इफिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरिया भने, ‘नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ। युवा पुस्ताको ऊर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ नयाँ हन्टर ३५० ल्याएका हौँ। यो नेपालका जीवन्त शहरी सडकका लागि पूर्णतः उपयुक्त मोडेल हो।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।