भिमफेदीमा सुमो दुर्घटना : २ जनाकाे मृत्यु, एक बालकसहित ६ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा । मकवानपुरको  भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी–६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको ।

हेटौँडाबाट काठमाडौंतर्फ जादै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको सुमो भिमफेदी-६ चिसापानी गढी नजिक दुर्घटना हुँदा सुमोमा सवार २ पुरूषकाे घटनास्थलमै मृत्यु भएको छ भने १ बालक सहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा बालकसहित ४ पुरूष र दुई महिला रहेकाे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताए ।घाइते ५ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको र बालकको भिमफेदीमा उपचार भइरहेको जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।