अध्यक्ष राणा भन्छन् : कोरोना नियन्त्रणमा सरकारले भरोसायोग्य योजना बनाउन सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले कोरोना संक्रमणको दर बढ्दा पनि सरकारले भरोसायोग्य योजना नबनाएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालबाट अध्यक्ष राणाले साे कुराको टिप्पणी गरेका हुन् ।

आईतबार बिहान ट्वीट गर्दै राणाले कोरोना संक्रमणसँगै जताततै संकट र चिन्ता देखिँदा त्यसप्रति तयारी नदेखिएको भन्दै सरकारको आलोचना गरेका छन्। 

“कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ, जताततै संकट र चिन्ता व्यक्त भइरहेका छन्, तर, यत्रो विपद्काबीच महामारीविरुद्ध लड्न सरकार के तयारी गरिरहेको छ ?, राणाको प्रश्‍न छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।