सिन्धुपाल्चोक पुगे ‘अल हेन्ड्स एन्ड हर्ट्स’ र भिसिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७, नागपुजे मा गएको पहिरो पीडित घरपरिवारमा सहयोग हेतु भिसिएनले बिगत दिनहरुमा जस्तै दैनिक उपभोगका विभिन्न सामाग्री वितरण गरेको छ।

यस सहयोगबाट ३० परिवारमा प्रत्यक्षरुपमा सेवा पुगेको छ। भान्सामा दैनिक प्रयोग हुने सामान तथा स्वास्थ्य किटहरु, ‘अल हेन्ड्स एन्ड हर्ट्स’ को सहयोगमा बाडेको हो।

अचानक आइपर्ने प्राकृतिक बिपत्तिमा भोलेन्टियर कोर नेपालले ब्यक्तिगत तथा सामाजिक रुपमा लाभान्वित हुनेगरी  गर्दै आएको  सेवा सहयोगमा अन्य संघ-संस्थासँग  आवद्ध भएर  जनमानसमा सहयोग हेतु स्थलगत सेवा प्रदान गर्दै आइरहेको छ।

जस अन्तर्गत हालसालै पहिरोबाट क्षति भोगिरहेका पिडित लगायत ज्यान गुमाएका परिवारहरुलाई किचन सामाग्री  तथा हाईजिन किटहरु बितरण गरेको छ।  

उक्त कार्यमा आकाश खड्का (अल हेन्ड्स एन्ड हर्ट्स), दिपक चापागाईं, राधा माताङी्, जनार्दन बस्नेत लगायतका टिमले सहयोग गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।