अन्तर वडा टेबलटेनिसको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाँचौं देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको छ ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा हुने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जनाएअन्ुुु्ु्सार पुरुष-महिलातर्फ टिम, सिंगल्स, यु–१६ ब्वाइज-गल्र्स सिंगल्स, भेट्रान ४० वर्षमाथि पुरुष÷महिला सिंगल्स, भेट्रान पुरुष ५० र ६० वर्षमाथि सिंगल्स तथा भेट्रान पुरुष ४० वर्षमाथि टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

टिम इभेन्टमा बाहेक सबैमा नगद पुरस्कार राखिएको स्पिनका सचिव ज्याकी महर्जनले जानकारी गराए । पुरुष-महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७५ सय नगद पुरस्कार पाउने छन् । यु–१६ र भेट्रान सिंगल्सका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा ४ सय बढी खेलाडीको सहभागिता रहने संघका कोषाध्यक्ष समेत रहेका महर्जनले बताए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख ५० हजार खर्च लाग्ने छ । पाँचदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।