हिसान फुटसलमा श्रृजना ज्ञानसागर र ल्यान्डमार्क च्याम्पियन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रृजना ज्ञान सागर र ल्यान्डमार्क एकेडेमीले तेस्रो हिसान फुटसल प्रतियोगितामा शनिबार उपाधि जितेका छन्। तार्केश्वर हिसानको आयोजना तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ श्रृजना ज्ञानसागर च्याम्पियन बने भने गर्ल्सतर्फ ल्यान्डमार्क शीर्षस्थानमा रह्यो।

शेषमतिस्थित सेक्रेड हार्ट विद्यालयको मैदानमा भएको ब्वाइज फाइनलमा श्रृजना ज्ञानसागरले कौशललाई ३–१ ले पराजित गर्यो। विजयी टोलीका लागि विनोद तामाङ, लोकश बोहरा र अंगड पाख्रिनले गोल गरे। कौशलका विराज गुरुङले एक सान्त्वना गोल फर्काए।

गर्ल्सतर्फको फाइनलमा ल्यान्डमार्कले हिमरश्मिलाई २–० ले हराउँदै उपाधि हात पारेको हो। दुवै गोल साजन खत्रीले गरे। ब्वाइज र गर्ल्स दुवै विधामा प्रारम्भ वर्ल्ड स्कुल तेस्रो स्थानमा रह्यो।

ब्वाइजतर्फ कौशलका अनिल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने श्रृजना ज्ञानसागरका रविन तामाङ उत्कृष्ट गोलरक्षक बने। त्यस्तै प्रारम्भका युकेश नेगी सर्वाधिक गोलकर्ता भए। गर्ल्सतर्फ प्रारम्भकी आकृति तामाङ उत्कृष्ट खेलाडी, हिमरश्मिकी कुसुम गुरुङ उत्कृष्ट गोलरक्षक तथा ल्यान्डमार्ककी साजन खत्री सर्वाधिक गोलकर्ताको रूपमा चयन भइन्।

विजेता तथा उत्कृष्ट खेलाडीहरूले शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख डा. समन्तमणि आचार्य, तार्केश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढागोकी, प्याब्सनका केन्द्रीय सदस्य लोकेन्द्रबहादुर खड्का, तार्केश्वर हिसानका अध्यक्ष लिलबहादुर पुन, सचिव कमलप्रसाद ज्ञवाली, सहसचिव तथा प्रतियोगिता संयोजक बद्रीनाथ भट्टलगायतले पुरस्कार वितरण गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।