ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग App बाट हवाई टिकट खरिदमा रु. ५०० क्यासब्याक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग App मार्फत हवाई टिकट खरिद गर्दा रु. ५०० क्यासब्याक प्राप्त हुने विशेष अफर सार्वजनिक गरेको छ।

बैंकका अनुसार, यो अफरमार्फत ग्राहकहरूले ज्योति स्मार्ट App बाट कुनै पनि घरेलु एयरलाइन्सको हवाई टिकट झन् सस्तो मूल्यमा खरिद गर्न सक्नेछन्। हवाई टिकट खरिद गर्दा अफर बक्समा “FLY500” प्रोमो कोड प्रयोग गर्नुपर्नेछ। क्यासब्याक योजनामा पहिलो ३०० जना मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

सीमित अवधिका लागि सञ्चालनमा ल्याइएको यो अभियान मंसिर ३ गतेदेखि प्रभावकारी रूपमा सुरु गरिएको हो। अफर अवधिभर ग्राहकहरूले यस App प्रयोग गरी पहिलो हवाई टिकट खरिद गर्दा नै क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

ज्योति विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै ग्राहकलाई सहज र सुरक्षित सेवा प्रदान गर्ने उद्देश्यले निरन्तर नयाँ योजना ल्याउँदै आएको छ। यसै क्रममा बैंकले हालै ISO 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र हासिल गरेको छ, जुन INTERCERT ले प्रदान गरेको हो।

हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।