काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ। बुधबार जारी वक्तव्यमार्फत महासचिव विप्लवले मोर्चाको औचित्य समाप्त भएको भन्दै पार्टी अलग भएको जानकारी दिएका हुन्।
उनका अनुसार २०८० सालमा चार पार्टी मिलेर बनेको मोर्चाले अपेक्षित रूपमा काम अघि बढाउन नसकेको र हालको राजनीतिक परिवेशमा नयाँ प्रकारका एकता र मोर्चाबन्दी आवश्यक बनेकाले अलग हुने निर्णय गरिएको हो।
समाजवादी मोर्चा २०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र जसपाबाट बनेको थियो। यसअघि नै जसपा मोर्चाबाट अलग भइसकेको थियो।


Comment