काठमाडौं महानगरले माग्यो २३ अग्निनियन्त्रक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले २३ जना अग्निनियन्त्रक माग गरेको छ।

बिहीबार महानगरपालिकाले सूचना प्रकाशन गरी करारमा नगर प्रहरी जवानको रूपमा २३ जना अग्निनियन्त्रक माग गरेको हो।

यस्तै १९ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगी पनि माग गरेको छ।

आजदेखि १५ दिनभित्र ३ हजार रुपैयाँ राजस्व तिरेर नागरिकता, शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्रसहित अनलाइन आवेदनमार्फत दरखास्त गर्नसकिने भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।