सेयरबजार १२.१७ अंकले उकालो, नेप्से २६०७.४२ विन्दुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज (बुधबार) नेपाल सेयरबजार हरियो बनेको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक १२.१७ अंकले वृद्धि भई २६०७.४२ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आजको दिनभरमा ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कुल ९२ लाख कित्ता सेयरहरू खरिद–बिक्री भएका छन्।

आज १४९ वटा कम्पनीका सेयरमूल्यमा वृद्धि हुँदा ९० वटा घटेका छन् भने १२ वटा कम्पनीका सेयर अघिल्लो दिनकै मूल्यमा स्थिर रहे।

वृद्धि हुने कम्पनीहरूमध्ये माबिलुङ इनर्जी ९.९९ प्रतिशतले, उन्नति सहकार्य लघुवित्त ९.९६ प्रतिशतले, नेपाल फाइनान्स ८.७६ प्रतिशतले, सम्पदा लघुवित्त ६.०६ प्रतिशतले र महुली लघुवित्त ५.१५ प्रतिशतले उकालो लागेका छन्।

यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, अभियान लघुवित्त, विन्ध्यवासिनी हाइड्रोपावर लगायतका कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ।

आजको कारोबारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको कारोबार ३८ करोड रुपैयाँभन्दा बढी भएको नेप्सेले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।