खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट दुई करोडभन्दा बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा  दुई करोड १० लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कम्तीमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउने गरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जनाएको छ ।

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासँगको समन्वय बैठकमा इकाईका वरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले चालु आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने बताए।

चक्लाबन्दीमा पकेट/ब्लक/जोन सञ्चालनका लागि सहकारी र नीजि क्षेत्रबाट माग सङ्कलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, चालु आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा मकैको बीउ श्रोत केन्द्र स्थापनाका लागि ३० लाख, भण्डार, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापनाका लागि  २० लाख, बसन्ते मकैको क्षेत्रफल बिस्तारका लागि १० लाख, हिउँदे मकै क्षेत्र विस्तारका लागि पाँच लाख, स्वदेशी हाईब्रिड मकै प्रदर्शनका लागि एक लाख २५ हजार बजेट विनियोजन गरिएको छ।

मकै जोन कृषि यान्त्रीकरण सहयोगका लागि २५ लाख, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानका लागि दश लाख र गत वर्ष विस्तार भएको क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिँचाइ पूर्वाधार निर्माण गर्न ६० लाख बजेट खर्च गरिने डा. अर्यालले जानकारी दिए। – रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।