आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर स्थिर, यूरो र पाउण्डमा गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। तोकिएको विनिमयदरअनुसार अमेरिकी डलर स्थिर रहँदा युरोपियन युरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ। राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४८ पैसा कायम छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ २५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा तोकिएको छ।

केन्द्रीय बैंकअनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६८ पैसा कायम छ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८१ पैसा र बिक्रीदर नौ रुपैयाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २७ पैसा र बिक्रीदर ४६० रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६६ रुपैयाँ १९ पैसा छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।