इनड्राइभको ‘राइड मोर, विन मोर’ अभियान सम्पन्न, १० भाग्यशाली विजेताले पाए याडियाकाे इलेक्ट्रिक स्कूटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौँमा “राइड मोर, विन मोर” अभियानका विजेताहरूलाई सम्मान गरेकाे छ ।

काठमाडाैंमा आयोजित एक कार्यक्रमबीच इनड्राइभले दैनिक यात्रा इनड्राइभ एपमार्फत बुक गरी आकर्षक पुरस्कार जित्ने विजेताहरूलाई पुरष्कृत गरेकाे हाे ।

यस अभियानले काठमाडौंभरका प्रयोगकर्ताहरूबाट एकदमै राम्राे प्रतिक्रिया पाएकाे कम्पनीले जनाएकाे छ । यस प्रतिक्रयाबाट इनड्राइभप्रति बढ्दो विश्वास र समुदायको बलियो संलग्नता प्रकट गरेको कम्पनीकाे भनाइ छ ।

इनड्राइभ मार्फत कम्तीमा तीनवटा सवारी पूरा गर्ने यात्रु स्वतः लक्की ड्रमा समावेश भएका थिए भने विशेष पुरस्कार जित्ने अवसर प्राप्त गरेका थिए ।

कार्यक्रममा उक्त अभियानका मुख्य १० जना भाग्यशाली विजेताले याडिया ई ८ प्रो इलेक्ट्रिक स्कूटर प्राप्त गरेका छन् भने ३० विजेताले अल्टिमा वाच सर्कल स्मार्टवाच प्राप्त गरेका छन् ।

यो अभियानले इनड्राइभको समुदाय-केन्द्रित दृष्टिकोणलाई झल्काउँदै न्याय, पारदर्शिता र सशक्तिकरणमा यसको निरन्तर प्रतिjद्धता देखाएको कम्पनीले जनाएकाे छ ।

इनड्राइभ नेपालकी प्रतिनिधि रिता पोखरेलले काठमाडौंका प्रयोगकर्ताहरूबाट प्राप्त अद्भुत सहभागितामा अत्यन्तै खुशी भएकाे भन्दै इनड्राइभले स्वतन्त्र चयन, न्याय र पारदर्शितामार्फत मानिसहरूलाई सशक्त बनाउन विश्वास गरेकाे बताइन्।

उनले भनिन्, ‘राइड मोर, विन मोर’ हाम्रो निष्ठावान यात्रुहरूलाई धन्यवाद दिने हाम्रो तरिका हो। हरेक दिन हामीलाई रोज्ने प्रयोगकर्ताहरूप्रति हाम्रो कृतज्ञता यही अभियानले व्यक्त गर्दछ। हाम्रो पियर-टु-पियर मूल्य निर्धारण मोडेलले यात्रु र चालकलाई सिधै न्यायपूर्ण मूल्यमा सहमत हुन मद्दत गर्छ, जसले मोबिलिटीलाई पारदर्शी, लचिलो र समुदाय-केन्द्रित बनाउँछ।’

यस अभियानमार्फत इनड्राइभले नेपालमा स्थानीय समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउँदै न्यायपूर्ण मूल्य निर्धारण, पारदर्शिता, स्वतन्त्र चयन र सशक्तिकरणका आफ्ना मूल मूल्यहरूलाई पुनः पुष्टि गरेको कम्पनीकाे भनाइ छ।

आफ्नो पियर-टु-पियर मूल्य निर्धारण मोडेलद्वारा इनड्राइभले यात्रु र चालक दुबैलाई निर्णय गर्ने अधिकार प्रदान गर्दै प्रत्येक यात्रालाई आपसी इज्जत र निष्पक्षतामा आधारित बनाएको छ, जसले देशभरि सहज, सर्वसुलभ र जनकेन्द्रित गतिशिलतालाई प्रोत्साहन गर्दछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।