काठमाडौं । महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति भने देशभर मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
Comment