काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४४. २५ अंकले बढेको छ ।
आज १.७६ प्रतिशतले बढेको सेयरु बजार २५ सय ४७ दशमलव ६० बिन्दुमा उक्लिएको छ ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने खुम्चिएको छ । यसदिन ३२९ कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इमर्जिङ नेपाल रु एनआरएन इन्फास्टक्चरको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढेको छ ।
Comment