गाजाबाट सुखद खबर :जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको पुष्टि भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको नयाँ सूचीमा उनको नाम पनि परेको छ।

यसअघि अमेरिकी सञ्चारमाध्यम सीएनएनले बिपिनको अवस्थाबारे ‘अज्ञात’ रहेको खबर प्रकाशित गरेको थियो। तर हाल टाइम्स अफ इजरायलएपी न्यूज सहितका संस्थाले सार्वजनिक गरेको २२ जना जीवित बन्धकको सूचीमा बिपिन जोशीको नाम पनि समावेश छ।

शुक्रबारदेखि सुरु भएको युद्धविरामले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध अन्त्य हुने संकेत दिएको छ। उक्त आक्रमणमा करिब १,२०० जनाको मृत्यु भएको र २५१ जना अपहरणमा परेका थिए। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६७ हजार प्यालेस्टिनीले ज्यान गुमाएका छन्, जसमा आधा महिला र बालबालिका रहेका छन्।

हाल गाजामा ४८ जना बन्धक रहेका छन् भने २६ जना मृत अवस्थामा छन्। युद्धविरामपछि सोमबारदेखि मंगलबारसम्म बन्धक तथा कैदीहरूको अदल–बदल हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको जनाएको छ। जीवित ठानिएका २२ बन्धकमध्ये बिपिन जोशी एकमात्र गैर–इजरायली नागरिक हुन्।

नेपालका बिपिन जोशी सन् २०२३ को सेप्टेम्बरमा कृषि अध्ययनका लागि गाजा सीमाको किबुट्ज अलुमिम पुगेका थिए। १७ नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको थियो। बिपिनले आक्रमणको बेला बम आश्रयमा रहेर ग्रेनेड फ्याँक्दै आफ्ना साथीहरूलाई बचाएका थिए, तर आफू घाइते भएर अपहरणमा परेका थिए।

गत नोभेम्बरमा सार्वजनिक गरिएको भिडियोमा बिपिनले आफू नेपालबाट आएको र कृषि फार्ममा सिक्दै काम गरिरहेको बताएका थिए। उक्त भिडियोले उनलाई जीवित रहेको प्रमाणित गरेको उनको परिवारले दाबी गरेको छ।

उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले बिपिनको रिहाइका लागि इजरायल र अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका थिए।

बिपिनसँगै जीवित ठानिएका अन्य बन्धकमध्ये गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।

एजेन्सीको सहयोगमा।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।