काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिसँग छलफल गर्दै छन्। शनिबार बिहान ९ बजे राष्ट्रपति पौडेलले प्रधानमन्त्री र जेनजी प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
यस क्रममा जेनजीको माग र आगामी राजनीतिबारे छलफल हुने प्रेस सल्लाहकार कार्कीको भनाइ छ । यसअघि शुक्रबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित सर्वदलीय बैठक गरेका थिए। बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
Comment