आईसीसी टी-२० छनोट : नेपालले भोलि यूएईसँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा नेपालले आइतबार यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ।

आईसीसीका अनुसार समूह एको विजेता यूएईसँग समूह बीको विजेता नेपालले आइतबार दिउँसो सवा ४ बजे प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले समूह चरणबाट सुपर सिक्समा २ अंक जोडिसकेको छ । यस्तै यूएई पनि दुई अंक लिएर सुपरसिक्समा प्रवेश गरेको हो।

नेपालले सोमबार समूह ‘ए’कै उपविजेता कतारसँग प्रतिस्पर्धा गर्ने तालिका छ । यसैगरी बुधबार समूह सीको विजेता ओमानसँग र शुक्रबार समूह सीको उपविजेता सामोआसँग नेपालले खेल्नेछ । यी खेलबाट शीर्ष तीनमा पर्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-ट्वेन्टी विश्वकपमा सहभागिता जनाउनेछन्।

नेपाल आईसीसी टी–ट्वेन्टी एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट खेलअन्तर्गत समूह चरणका दुवै खेलमा जित निकाल्दै सुपर सिक्समा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले र दोस्रो खेलमा जापानलाई ५ विकेटले पराजित गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।