काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई बढाएर २५ किलोग्राम कायम गरेको छ ।
यसअघि, दैनिक २० किलोग्राम सम्म आयात गर्न सकिने सुनको परिमाणलाई बढाएर केन्द्रीय बैंकले २५ किलोग्राम पुर्याएको हो।
शुक्रबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै राष्ट्र बैंकले नेपाली र विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्मरकम्पनी संस्था र शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्मरकम्पनीरसंस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने बनाएको छ ।
यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ ।
यसअघि भने २० लाख रुपैयाँसम्मको सीमा थियो । यस्तै, भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने बनाइएको छ । यसअघि भने मासिक रुपमा यस्तो विवरण बुझाउनुपर्ने थियो ।

Comment