दूधपोखरी चेप हाइड्रोपावरले आइपिओ जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) जारी तथा निष्काशन गर्ने भएको छ ।

यसको व्यवस्थापनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।
यस सम्झौता अन्तर्गत मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ ।

एक कार्यक्रमका बिच दूधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानाङ्गले र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मे.वा. क्षमताको आयोजना निर्माण कार्य भईरहेको छ ।

कम्पनीले २०७४ कात्र्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरी, २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता र २०७५ पुषमा विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न गरी कम्पनीले आयोजनालाई योजनाबद्ध रूपमा अघि बढाइरहेको छ ।

हाल सम्म आयोजनाको ७८% कार्य सकेको र बाँकी कार्य २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । अनुभवी जलविद्युत् तथा वित्तीय क्षेत्रका विज्ञहरूको सहभागितामा कम्पनीको सञ्चालक समितिले परियोजना समयमै सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले आयोजना निर्माणको कार्य अन्तिम चरणमा रहेकाले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने अर्थात् २० करोड २० लाख रकम बराबरको रु.१०० अङ्कित दरमा २० लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो ।

यस सम्झौताले आयोजना तथा लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्दै पूँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्षले व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।