पश्चिमी वायुको सक्रियतासँगै ह्वात्तै घट्यो वर्षा हुने क्रम, आज के छ सम्भावना?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पश्चिमी वायुको सक्रियता बढेसँगै वर्षा हुने क्रम पनि ह्वात्तै घटेको छ। देशका धेरै स्थानबाट मनसुन हटिसकेको छ भने पूर्वी क्षेत्रका केही स्थानमा पनि यसको प्रभाव कमजोर भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर मात्र प्रभाव छ।

अब मनसुन नरहेको क्षेत्रमा हुने वर्षा पश्चिमी वायुको प्रभावले हुने हो भने अझै मनसुनको कमजोर प्रभाव रहेको पूर्वी क्षेत्रमा हुने वर्षा मात्र मनसुनी वर्षा हो।

यसैबीच आज दिउँसो कोसी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यस्तै राति कोसी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।