ओली-लेखकविरुद्ध जाहेरी दर्ता, ‘काउन्टर’ दिने एमालेको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र सुरक्षाकर्मीको मृत्युपछि दोषी को भन्ने विषयमा अब कानुनी लडाइँ चर्किएको छ। ‘हामी नेपाल’ संस्थाका सदस्यहरू र आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरू पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए। तर, प्रहरीले सुरुमा जाहेरी लिन अस्वीकार गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकाय प्रमुखहरूसँग छलफल गरेकी थिइन्। त्यसपछि मात्र प्रहरी प्रशासनले जाहेरी दर्ता गरी छानबिनका लागि जाँचबुझ आयोगमा पठाएको हो।

यस घटनाक्रमको प्रतिक्रिया स्वरूप नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का अभियन्ता सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन प्रहरी परिसर पुगेका छन्। उनीहरूले आन्दोलन भड्काएको, सरकारी संरचनामा आगजनी र तोडफोड गरेको, साथै प्रहरीको हत्या जस्ता गम्भीर आरोप लगाएका छन्।

एकातिर आन्दोलनमा पीडित बनेका परिवारहरू न्यायको खोजीमा छन् भने अर्कोतिर प्रमुख राजनीतिक दलहरू एकअर्कालाई दोषारोपण गर्दै कानुनी मोर्चामा उत्रिएका छन्। पछिल्ला घटनाहरूले जेन–जी आन्दोलन राजनीतिक र कानुनी तवरमा थप पेचिलो बन्दै गएको स्पष्ट देखिएको छ। अब छानबिन आयोगको निष्कर्षले घटनाको सत्यतथ्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।