प्राकृतिक प्रकोपलाई ध्यानमा राख्दै सरकारले दियो आइतबार र सोमबार थप सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।

अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै गृह मन्त्रालयले दुई दिन आइतबार र सोमबार थप बिदा दिएको हो ।

गृह मन्त्रालयले जारी गरेको बिज्ञप्ती अनुसार सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको छ ।

वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुवान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतीसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु बाहेक नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षा समेत भैरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।