जेन-जी आन्दोलन : २३ अर्ब ३९ करोडको बिमा दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनका कारण देशभर भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। सो क्षतिको बिमा दाबी रकम हालसम्म २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको नेपाल बिमा प्राधिकरणले जनाएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबीको सूचना आउने क्रम अझै जारी छ। हालसम्म सम्पत्ति बीमा अन्तर्गत ५९४, मोटर बीमा २,२०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमा ३० वटा आवेदन परेका छन्।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १,६०८ वटा बिमा दाबी आवेदन परेको छ। त्यस्तै, कोशी प्रदेशमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा आवेदन परेका छन्। यसरी हालसम्म कूल २,९८८ वटा दाबी आवेदन प्राप्त भएका छन्।

भौतिक क्षति ठूलो भएकाले आगामी दिनमा बिमा दाबीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बीमा दाबीको रकमका हिसाबले सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी आवेदन परेको छ।

त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ।

नेपालभर १४ वटा निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीमा यी बिमा आवेदनहरू परेको प्राधिकरणले जनाएको छ। बीमा प्राधिकरणले दाबीहरूको छानबिन र मूल्याङ्कन प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।