बन्द भएको ४५ घन्टापछि सञ्चालनमा आयो नारायणघाट–मुग्लिन सडक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । तुइन खोलामा गएको पहिरो पन्छाएपछि नारायणघाट–मुग्लिन सडक ४५ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। शुक्रबार साँझ ७ बजेदेखि अवरुद्ध बनेको सडक आइतबार बिहानबाट मोटरसाइकलका लागि खुलाइएको छ।

सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एक लोडर र एक एक्साभेटर तथा मुग्लिनतर्फ दुई लोडर र एक एक्साभेटर प्रयोग गरी पहिरो हटाएको हो। सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार बेलाबेला झरिरहने पहिरोका कारण काममा कठिनाइ भएको थियो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले सडक एकतर्फी रूपमा सञ्चालनमा आएको पुष्टि गर्दै अवरुद्ध अवस्थाका कारण हजारौं यात्रु अलपत्र परेको बताए।

तुइन खोलाको यो स्थान विगतमा पनि पहिरोका कारण संवेदनशील रहँदै आएको छ। नयाँ पुल निर्माणका क्रममा पहाड खनेपछि पहिरो झर्ने क्रम सुरु भएको हो।

प्रहरी र स्थानीय प्रशासनले सवारी चालक र यात्रुहरूलाई सचेत रहन र अत्यावश्यक सवारीसाधनबाहेकका गाडीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।