काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनमा लिभरपुल, बायर्न म्युनिख, पेरिस सेन्ट–जर्मेन (पीएसजी) र इन्टर मिलानले विजयी सुरुवात गरेका छन्।
बुधबार राति भएको खेलमा लिभरपुले एटलेटिको म्याड्रिडलाई ३–२ ले पराजित गर्यो। घरेलु मैदान एनफिल्डमा खेलको सुरुआती ६ मिनेटमै एन्डी रोबर्टसन र मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए। तर, एटलेटिकोका कार्सोस लारेन्टले दुई गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। अन्ततः कीर्तिमान रकममा भित्र्याइएका एलेक्जान्डर इसाकले निर्णायक गोल गर्दै लिभरपुललाई जिताए।
यस्तै, उपाधि धारक पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले एटलान्टामाथि ४–० को शानदार जित हात पार्दै आफ्नो अभियान विजयी रूपमा सुरु गर्यो।
बायर्न म्युनिखले भने ह्यारी केनको दुई गोलको मद्दतले क्लब वर्ल्डकप विजेता चेल्सीलाई ३–१ ले हरायो।
अन्य खेलमा, इटालीको इन्टर मिलानले आयाक्सलाई २–० ले पराजित गर्यो।
डेब्यु गर्ने क्रममा पाफोसले ओलम्पियाकोजलाई गोलरहित बराबरीमा रोकेको छ भने नर्वेको बोडो–ग्लिम्टले चेक क्लब स्लाभिया प्रागसँग २–२ को बराबरी खेलेको छ।
यससँगै च्याम्पियन्स लिगको समूह चरणमा रोचक प्रतिस्पर्धा सुरु भएको छ।
Comment