काठमाडौँ। वाग्मती प्रदेशसभाका सभामुख भुवन पाठकले पदबाट राजीनामा दिएका छन्।
पाठकले नेपाल न्युजसँग कुरा गर्दै आज(बुधबार)पदबाट राजीनामा दिएको जानकारी दिए। जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थिती पश्चात् सभामुख पदबाट राजीनामा दिएको उनले बताए।
“वाग्मती प्रदेशसभा खरानी भएको छ। कसरी सभा सञ्चालन गर्न सकिएला भनेर राजीनामा दिए‚” उनले भने।
पाठक २०७९ मा भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद बनेका हुन्।

Comment