१० हजार कर्मचारीको दरबन्दी कटौती गरिँदै, असोजभित्रै कार्यान्वयनको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ सरकारले खर्च कटौती गर्ने नीति अपनाउँदै कर्मचारी संख्यामा ठूलो कटौती गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षणमार्फत संघीय सरकार मातहतका कर्मचारी दरबन्दीको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो।

बैठकले अनलाइन सेवा विस्तार गर्दै खर्च घटाउने, मितव्ययी बन्ने र अत्यावश्यकबाहेकका दरबन्दी कटौती गर्ने योजना बनाएको एक सचिवले जानकारी दिए। उनका अनुसार कर्मचारी कटौती मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयहरूबाट सुरु गरिनेछ र असोजभित्रै मन्त्रिपरिषद्मा स्वीकृतिका लागि प्रस्ताव पेश गरिनेछ।

सचिवहरूको बैठकले अनावश्यक देखिएका निकायलाई खारेज गर्ने, आवश्यक परेका निकायलाई गाभ्ने वा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ। यस निर्णयअनुसार करिब १० हजारभन्दा बढी दरबन्दी कटौती हुने अनुमान गरिएको छ।

त्यस्तै, सरकार मातहतका सबै कार्यालयले तालिम तथा गोष्ठीहरू सरकारी भवन वा हलमै गर्ने र कर्मचारीले कुनै पनि बैठकमा भत्ता नलिने व्यवस्था गरिएको छ।

कर्मचारी संख्यामा कटौती गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।