काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा २९.९ प्रतिशतले बढी हो। अघिल्लो साउनमा नेपालले १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो।
विदेशमा रहेका नेपाली श्रमिकहरूले पठाएको रकम अमेरिकी डलरमा पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५ प्रतिशत वृद्धि भई १ अर्ब २७ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १५.८ प्रतिशत मात्र थियो।
विशेषज्ञहरूका अनुसार रेमिट्यान्स आप्रवाहमा देखिएको उल्लेखनीय वृद्धिले चालु खाता, शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Comment