आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा थियो।

यही भदौ २७ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा छ। हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३९ र बिक्रीदर ४६३ रुपैयाँ ३६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ २८ र बिक्रीदर ४६४ रुपैयाँ २५ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।