‘जारी २’ को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘जारी २’ को प्रदर्शन मिति स्थगित गरिएको छ। आउँदो असोज ३ गते रिलिज गर्ने तयारीमा रहेको यो फिल्म अब तोकिएको मितिमा दर्शकमाझ आउने छैन।

निर्माण कम्पनी बाँसुरी फिल्मस्ले विज्ञप्ति जारी गर्दै हाल देशभर जारी जेन–जी आन्दोलन र त्यसपछि सिर्जित असहज परिस्थितिका कारण सबैखाले मनोरञ्जनात्मक गतिविधि अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ। यसै कारण फिल्मको ट्रेलर रिलिजसमेत अन्तिम समयमा रोकिनु परेको कम्पनीले जनाएको छ।

उपेन्द्र सुब्बा निर्देशित र लेखन गरेको ‘जारी २’ चर्चित हिट फिल्म ‘जारी’ को सिक्वेल हो। यसमा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्।

जेन–जी आन्दोलनका कारण देशभरका केही हलहरूमा क्षति पुगेको छ भने आइतबारसम्म कुनै पनि सिनेमाहल सञ्चालनमा आउन सकेका छैनन्। हल कहिले खोल्ने भन्ने विषयमा नेपाल चलचित्र संघले छलफल गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।