सुनको मूल्य बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँले बढेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलामा २ लाख १५ हजार १ सय रुपैयाँ थियो।

गएको शुक्रबार भने सुन तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँ पुग्दै नेपाली बजारको इतिहासमै उच्चतम मूल्य कायम भएको थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यससँगै चाँदी पनि हालसम्मकै सबैभन्दा महँगो भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।