जेनजी आन्दोलनमा मृत्यु हुनेको संंख्या ३३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत् सोमबारदेखि सुरु भएको जेनजीको आन्दोलनको क्रममा हालसम्म ३३ जनाको मृत्यु भएको छ । सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार रातिसम्म भएको थियो ।

आन्दोलनमा प्रदर्शनकारी, प्रहरी र आगजनीमा मृत्यु हुनेको संख्या कम्तीमा ३३ पुगेको छ । विभिन्न अस्पतालले ३० मृतकको सूची उपलब्ध गराएकोमा बुधबार पोखरामा आगजनी भएका संरचनाभित्र दुई र ललितपुरमा एकको शव जलेको अवस्थामा भेटिएको हो ।

प्रदर्शनको पहिलो दिन सोमबार १९ जनाको मृत्यु भएको थियो । मंगलबार यो संख्या थपिएर ३० पुग्यो । बुधबार पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित एक रिसोर्ट र पोखरा– ९ नयाँबजारस्थित एक सोरुममा गरी दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ ।

बुधबारै ललितपुर ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र एकजनाको शव जलेको अवस्थामा भेटिएको छ ।

अस्पतालहरूले स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा ६, भेरी अस्पताल ९नेपालगन्ज०मा ५, एभरेस्टमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसीमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९धरान०मा दुई र त्रिवि शिक्षा अस्पतालमा १ को मृत्यु भएको छ ।

यसबाहेक बुधबार पोखरा महानगरपालिका– ६, लेकसाइडस्थित रिसोर्ट र पोखरा– ९, नयाँबजारस्थित एक सोरुममा गरी दुईजनाको शव जलेको अवस्थामा फेला परेको छ ।

बुधबारै ललितपुर ढोलाहिटीमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको घरभित्र एकजनाको शव जलेको अवस्थामा भेटिएको छ । उनीहरू तीनैजनाको सनाखत हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार ६१ जना घाइते भर्ना भएकामा ७१९ डिस्चार्ज भएका छन् । घाइते भएपछि सबैभन्दा धेरै सिभिलमा ६३६, ट्रमा सेन्टरमा १६१, एभरेस्टमा १०९, केएमसीमा ३३, त्रिवि शिक्षणमा २६ र वीरमा २० जना उपचारमा थिए । त्यस्तै, पाटनमा १०, गण्डकी मेडिकल कलेज (पोखरा) मा ६, अन्नपूर्ण न्युरोमा ४ र नर्भिकमा ३ जना भर्ना भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।