काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब राम्रो शिक्षाका लागि विदेश जानु नपर्ने बताएका छन् । उनले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने उदाहरण डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले प्रस्तुत गरेको बताए।
शुक्रबार क्याम्पसको ४५औँ वार्षिकोत्सवमा बोल्दै उनले क्याम्पसले महिला शिक्षासहित समग्र शिक्षा प्रणालीमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । स्थापना कालमा ७७ विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले करिब ७०० विद्यार्थीको अध्ययन थलो बनेको छ ।
उनले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे। कार्यक्रममा उत्कृष्ट विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
Comment