चितवन । नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको ३६ वटै ढोका खोलिएको छ ।
बुधबार साँझबाट प्रतिसेकेन्ड ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको हो ।
गण्डकमा तीन लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ । बिहीबार बिहान १० बजे पनि ब्यारेजमा तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए ।
निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ ।
नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।
Comment