चार प्रदेशमा भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।

आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा सामान्यतया बदली रहनेछ, जबकि बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव, नदी र खोलामा पानीको सतह बढ्ने तथा यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।