थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घन्टामा थप १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।