काठमाडौं । प्रभु बैंक लिमिटेड र अन्नपूर्ण न्यूरो हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं महानगरपालिका ११, बबरमहलमा रहेको अन्नपूर्ण न्युरो हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापत्रमा अन्नपूर्ण हस्पिटलका मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंकका प्रमुख चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका हुन्।
यसअनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले अन्नपूर्ण न्यूरो हस्पिटलका विभिन्न सेवामा १०–१५ प्रतिशत छुट पाउने भएका छन् ।
Comment